अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

हिट्स म्युजिक अवार्ड मनोनयन सार्वजनिक

बिआरटीनेपाल २०७३ मंसिर ११ गते १८:१३ मा प्रकाशित

हिट्स एफएम म्युजिक अवार्ड २०७३ का लागि मन्द मन्द मुस्कानमा.. बोलको गीतका गायक राजेश पायल राई सर्वोत्कृट एकल गायनमा मनोनित हुनुभएको छ । सङ्गीतकार महेश खड्का सर्वोत्कृष्ट सङ्गीत सिर्जनाको विधामा मनोनयन पर्न सफल हुनभएको छ । सो मनोनयन शनिबार सार्वजनिक गरिएको हो ।

यस्तै, संसार मायामा अड्छ… बोलको गीतबाट सुजाता उपाध्याय मानन्धर र उदितनारायण झा सर्वोत्कृष्ट युगल गायनमा मनोनित हुनुभएको छ ।

यसैगरी, सङ्गीतकार आनन्द राई सर्वोत्कृष्ट सङ्गीत सिर्जना, महाराज थापा सर्वोत्कृष्ट सङ्गीत संयोजन विधामा मनोनयन हुनुभएको छ । शनिवार सार्वजनिक मनोनयनमा विभिन्न विधाका कलाकारहरू मनोनित हुनुभएको छ ।
सर्वोत्कृष्ट चलचित्र सङ्गीततर्फ कालीप्रसाद बास्कोटा, वसन्त सापकोटा, अर्जुन पोख्रेल, दीपकाराज गौतम र जुगल डङ्गोल मनोनयनमा पर्नुभएको छ ।

त्यस्तै सर्वोत्कृष्ट लोक गीतको विधामा अन्जान बाबु, विरही कार्की र सरिता कार्की, विनोद ढकाल र जमुना सनम, रमेशराज भट्टराई, शान्ति श्री परियार र कुमारबस्नेत रहनुभएको छ । सर्वोत्कृष्ट रचनातर्फ दिनेस अधिकारी, डी.पी. खनाल, राजुबाबु श्रेष्ठ, एकनारायण भण्डारी र रमेस बी.ज.ी मनोनित हुनुभएको छ ।

हिरो २०औं हिट्स एफ.एम म्युजिक अवार्डस २०७३ मा गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा एकल रूपमा सर्वाधिक ६ वटा विधाका मनोनयममा पर्नुभएको छ । विश्व नेपालीको स्वर राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको सङ्गीत रहेको सारा संसारै…, त्यस्तै म बाँचेकै…, प्रमोद खरेलको स्वर, एकनारायण भण्डारीको शब्द र आशीष अविरलको सङ्गीतमा रहेको म बाँचेकै…, रामकृष्ण ढकालको स्वर, रमेश विजीको शब्द, राजेश थापाको सङ्गीत रहेको म हुरीमा… बोलको गीत पाँचवटा विद्यामा मनोनयन हुनुभएको छ ।

सर्वोत्कृष्ट नवप्रतिभामा अप्रील रस, आर्जन पाण्डे, विकास सिलवाल, रविन्द्र राई र सिम्मा राई मनोनयनमा पर्नुभएको छ । अल्मोडा राना उप्रती सर्वोत्कृष्ट पुरुष गायन र सर्वोत्कृष्ट सङ्गीत संयोजनको विद्यामा मनोनयन हुनुभएको छ ।

नेपथ्य र अशेष एन्ड नेख्वम पनि तीन विद्यामा मनोनयनमा परेको छ । विभिन्न १७ वटा विधाहरूमा मनोनयन गरिएको छ । जसमध्येको एउटा विधा लाइफ्टाइम अचिभ्मेन्ट अवार्ड रहेको अवार्ड समितिका सञ्चार संयोजक अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया