अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

जन्ती जिप दुर्घटनामा दश घाइते

बिआरटीनेपाल २०७३ मंसिर ११ गते १८:०३ मा प्रकाशित

भीमदत्तनगर, मङ्सिर १२ गते । डोटीको दिपायलबाट लाटामाण्डौँतर्फ जन्ती बोकेर गइरहेको जिप शनिवार साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन् । से१ज ७४७ नंको जिप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि राजपुरस्थित जुसन अस्पताल ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिनुभयो ।

दुर्घटनाबारे यकिन विवरण प्राप्त भइनसकेको र प्रहरी दुर्घटनास्थलमा पुगिरहेको उहाँले बताउनुभयो । “प्रारम्भिकजानकारीअनुसार १० जना घाइते भएको खबर आएको छ,” विष्टले भन्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू