अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

अस्ट्रेलियाको कुइन्स ल्याण्डमा छायांकन गरिएको गायीका अबुन पाण्डेको ‘गोरेटो’ (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर ११ गते ८:१९ मा प्रकाशित

गायिका ‘अबुन पाण्डे’को नयाँ गीत ‘गोरेटो’ हालसालै पि.एन.पी मिडियाको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।  अस्ट्रेलियाको ‘कुइन्स ल्याण्ड’ सहरको बिभिन्न स्थानमा छायांकन गरिएको उक्त गीतमा निकै सुन्दर अनि मनमोहक दृश्यहरु देख्न सकिन्छ। टिका दाहालको संगीत रहेको यस गीतमा पछिल्लो समयमा निकै व्यस्त रहदै आउनु भएका मोडल ‘राजु कान’ले अभिनय गरेका छन भने उनलाई भर्खरै मात्र डेब्यु गरेकी नयाँ अनुहारकी मोडल ‘इरोमा श्रेष्ठ’ले साथ् दिएकी छिन।

मायाको निकै सुन्दर शब्द अनि मायाकै परिभाषा ब्यक्त गरेको यस गीत सार्वजनिक हुनु अघिनै सबैले मन पराएका थिए। माया जतिनै टाढा भएपनि, साथनै छोडेर गए पनि माया कहिलै नमर्ने अनि माया मायानै रहने कुरा यस गीतले बर्णन गरेको छ। यस गीतको छायांकन ‘ड्रोन’बाट निकै कठिन गरी गरिएको हो।  त्यस्तै यस गीतको निर्देशन र छायांकन भने जीवन रसाइलीको रहेको छ।

प्रतिक्रिया