अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

गायक तथा संगीतकार राज सागरको ‘चिसो सहर’ सार्वजनिक

बिआरटीनेपाल २०७३ मंसिर ६ गते २:१६ मा प्रकाशित

जलेको मन लिएर आउँदैछु आज
तिम्रो चिसो सहर तताउँदैछु आज

गजल गायनको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका गायक तथा संगीतकार राज सागरको नयाँ गजल चिसो सहर म्युजिक भिडियो सहित बिमोचन भएको छ । शीतल कादम्बीनीको शब्द रहेको गजल ‘चिसो सहर’ आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।15078573_10155391149124325_6555045964989810490_n

साङ्गीतिक माहौलका बिच भएको बिमोचन समारोहमा उपस्थिीत अग्रज संगीतकर्मी, संगीत अनुरागी तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो । गीतकार राजेन्द्र सलभ, संगीतकार, राजु सिंह, गायक आनन्द कार्की, संगीत संयोजक किरण कणेल, गजलकार शीतल कादम्बिीनी लगायत नयाँ तथा पुराना संगीतकर्मी उपस्थिीत रहेको गजल तथा भिडियो सार्वजनिक समारोहमा सबैले राज सागरको गायकी र संगीत मिठाशको प्रशंसा गरेका थिए ।

गीतकार राजेन्द्र्र सलभले राज सागरको सुरुवाती भेटका पुराना दिनहरू सम्झदैं राज सागरको स्वभाव र संगीत साधनाको तारिफ गरेका थिए ।

त्यस्तै गायक आनन्द कार्कीले आफूले औपचारिक साङ्गीतिक जीवनमा प्रवेश गरेको वर्ष जन्मेका गायक तथा संगीतकार राज सागरले कम उमेरमा नै गरेको प्रगतिको खुसी लागेको बताए ।

अर्का संगीतकार राजु सिंहले राज सागरले गजलको क्षेत्रमा पुर्याएको योगदानको तारिफ गर्दै उनमा भएको संगीतको ज्ञानले समेत आफूलाई प्रभावित बनाएको बताए ।15178942_10155391159954325_3687259084110815343_n

कार्यक्रममा राज सागरले सार्वजनिक गरिएको गजल ‘चिसो सहर’ लगायत उनका बजारमा आएका चर्चित गजलहरु लाईभ गाएर सुनाएका थिए भने गीतमाथी बनेको म्युजिक भिडियो पनि देखाईएको थियो ।

गजल चिसो सहरको म्युजिक भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् । भिडियोमा नायिका केकी अधिकारी, सुदीप कार्की र विनोदको उत्कृष्ट अभिनय देख्न सकिन्छ । काठमाडौँको ग्रायाण्डी अस्पताल परिसरमा छायांकन गरिएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने प्रवीण श्रेष्ठले सम्पादन गरेका हुन् ।

अत्यन्त कलात्मक ढगंले तयार गरिएको चिसो सहरको म्युजिक भिडियो छिट्टै नै युटुब च्यानलमा राखिने जानकारी ‘चिसो सहर’का राज सागरले दिएका छन् ।

प्रतिक्रिया