अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

विद्यालय पुनर्निर्माणको अभियान बोकेको ‘घाँसी नेपाल’ तारेभीर पुग्यो 

बिआरटीनेपाल २०७३ मंसिर ४ गते २:४२ मा प्रकाशित

विगत १६ वर्षदेखि शिक्षा क्षेत्रमा काम गर्दै अएको घाँसी नेपालले काठमाण्डौँको तारेभीर प्राथमिक विद्यालयको शिलान्याससँगै भौतिक संरचना पुनर्निर्माणको कामको काम सुरु गरेको छ । भूकम्प पश्चात विद्यालयको पुनर्निर्माणमा जुटेको घाँसी नेपालले अहिलेसम्म भुकम्प प्रभावित ११ जिल्लाका ६० वटा भन्दा बढी विद्यालयको भवन निर्माण प्रक्रिया अघि बढाएको छ । शिक्षा नै पहिलो आवश्यकता रहेकाले विद्यालय पुननिर्माणको सामाजिक कामलाई तिव्रताका साथ अघि बढाइएको घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले बताएका छ ।

भूकम्पले गोकणेश्वर ७ वालुवा गाऊँ तरेभीर प्रा.वि भत्किएर पठनपाठनमा समेत समस्या भएकाले घाँसी नेपालले विद्यायालयको भौतिक संरचना बनाएर सहयोग गर्न लागेको हो । नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारी, घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरे र घाँसी नेपालका महासचिव शोभाकान्त पाण्डेले विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै घाँसी नेपालका अध्यक्ष घिमिरेले शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रमा गम्भिर हुनुपर्ने भन्दै विद्यालय निर्माणमा स्थानियको साथ अपरिहार्य रहेको बताएका छन् । कार्यक्रममा बोल्ने अधिकाँस स्थानिय वक्ताहरुले संस्था र स्थानियको सहकार्यमा विद्यायालय पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू