अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

दीपकले ठमेलकी सुन्दरी एलिशालाई भिमफेदी गाइजसँग नचाए (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर ३ गते २१:३३ मा प्रकाशित

लुट २ को ठमेल बजार बोलको गीत अहिले निकै चर्चामा छ । यहि गीतको चर्चाले एलिशा राईको क्रेजलाई ह्वात्तै बढाएको छ । त्योसँगै एलिशाको व्यस्तता पनि निकै बढेको छ । उनको नयाँ प्रस्तुतीहरु सार्वजनिक हुने क्रम पनि दिनप्रतिदिन बढीरहेको छ । ठमेल बजारमा मनमोहक नृत्य प्रस्तुत गरेकी एलिशा पछिल्लो समय चर्चामा रहेका भिमफेदी गाइजसँग देखिएकी छिन् ।

‘म परे झापाली’ बोलको गीतमा उनले भिमफेदी गाइजसँग अभिनय गरेकी छिन् । निर्मल लामाको कोरियोग्राफी रहेको उक्त गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । निकै रमाइलो गीतमा एरिक गिरी र जुना प्रसाईँको स्वर रहेको छ भने एरिक गिरीकै शब्द र संगीत रहेको छ ।

प्रतिक्रिया