अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

काँग्रेस सभापति देउवाद्वारा महोत्सवको उद्घाटन

बिआरटीनेपाल २०७३ मंसिर ३ गते ६:४७ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज डडेल्धुरामा सुरु भएको सुदूरपश्चिम क्षेत्रीय महत्सोवको उद्घाटन गर्नुभएको छ ।

उदघाट्न कार्यक्रममा बोल्दै सभापति देउवाले सुदूरपश्चिमलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न राजनीतिक क्षेत्रबाट आफूले सक्दो पहल गर्दैआएको बताउनुभयो । यसका लागि स्थानीयवासीको समेत भूमिका अहम रहने उहाँको भनाइ थियो ।

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपट्क गृह जिल्ला पुग्नुभएका सभापति देउवालाई जिल्लास्थित नागरिक समाजले अभिनन्दन समेत गरेको थियो । “यहाँ रहेका ऐतिहासिक महत्वका क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सके यस क्षेत्रको विकास आफैँ हुन्छ,” सभापति देउवाले भन्नुभयो ।

केही समयमै देशमा रहेको राजनीतिक समस्या हटेर जाने र समग्र सुदूरपश्चिम एक प्रदेश हुँदा विकासको सम्भावना बढी हुने तथा बेरोजगारी समस्या समेत कम हुने उहाँले दाबी गर्नुभयो । संविधान संशोधनका लागि विपक्षी दल एमाले र मधेसी दलसमेत सहमत भइसकेको हुँदा चाँडै संविधान संशोधन भई कार्यान्वयन हुने नेता देउवाको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू