अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

दोबाटेको सय भाग पुरा 

बिआरटीनेपाल २०७३ मंसिर २ गते २१:०५ मा प्रकाशित

मोरङको पथरीशनिश्चरेमा निर्माण भएको हाँस्य टेलिश्रृंखला दोबाटेले आफ्नो प्रसारणको सय भाग पुरा गरेको छ । एनपीएल मिडिया प्रालिले हिमशिखर टेलिभिजनमा प्रत्येक विहिवार राती ८ः३० बजेदेखि प्रसारण हुँदै आएको दोबाटेले आफ्नो २ वर्षको यात्रा पुरा गरेकोमा दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, सञ्चारमाध्यम सहित सम्पूर्ण पक्षलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

सय भागको अवसरमा नेपालका प्रसिद्ध नायक राजेश हमाल सहितका ख्यातिप्राप्त कलाकारहरुका साथै विदेशमा रहनुहुने नेपालीहरुले समेत दोबाटेको निरन्तर यात्राको शुभकामना व्यक्त गरेका छन् ।

ग्रामिण क्षेत्रबाट निरन्तर १ सय भागसम्म टेलिश्रृंखला प्रसारण हुनु पूर्वका लागि ऐतिहासिक काम भएको दर्शकको प्रतिक्रिया छ ।
दोबाटे समूहले विराटनगर, इटहरी, सुन्दरदुलारी, पथरीशनिश्चरे, उर्लाबारी, दमक क्षेत्रका दर्शकहरुसँग प्रतिक्रिया लिएर सय भागको कार्यक्रममा समावेश गरेको छ ।

आफ्नो यात्राले १ सय भाग पुरा गरेको सन्दर्भसँगै दोबाटेका कलाकार पथरीशनिश्चरे ८ जिरिखिम्तीकी रेश्मा धिमालका १२ वर्षीय क्यान्सर पीडित भाई उत्सव धिमालको उपचारका लागि बिहिबार १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।unnamed-1

दोबाटेका लेखक भूपेन्द्र तिम्सिना, निर्देशक हरेन्द्र खत्री र सहनिर्देशक मात्रिका पौडेलले उत्सवको घरमै गएर उत्सवका बुबा छत्रबहादुर धिमाललाई सो रकम हस्तान्तरण गर्दै सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

समसामयिक विषय वस्तुमाथि चोटिलो व्यङ्ग्य प्रहार गर्दै ०७१ मंसिर १३ गतेबाट पूर्वमा ख्याती कमाएको कंचनजंघा नाट्य समूहको प्रस्तुतिका रुपमा दोबाटेको प्रसारण शुरु भएको थियो ।

प्रतिक्रिया