अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

गायक प्रमोद खरेलको आवाजमा ‘म चाहान्छु तिम्रो दिलमा’.. ( भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर १ गते ८:४० मा प्रकाशित

गायक प्रमोद खरेलको आवाजमा रहेको ‘म चाहान्छु तिम्रो दिलमा’ बोलको गीतमाथी बनेको म्युजिक भिडियो हालसालै सार्वजनिक भएको छ। कपिल भट्टको शब्द र विकास चौधरीको संगीत रहेको ‘म चाहन्छु तिम्रो दिलमा’को म्युजिक भिडियो पि. एन.पि मिडिया हाउसको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।unnamed-4

एक प्रेम जोडीको बियोगान्त प्रेम कथा समेटिएको यस गीतमा चर्चित मोडल तथा नायक दिक्पाल कार्कीले अभिनय गरेका छन भने उनलाई मोडल अनु भुसालले साथ दिएकी छिन। यस गीतमा अनु दिक्पालको प्रेमिकाको रुपमा रहेकी छिन भने अर्का मोडल राजेश दुई जनाको बीचमा आउने पात्रको रुपमा रहेका छन।

छायांकन र सम्पादन निर्मल श्रेष्ठको रहेको यस गीतलाई निर्देशन भने बिजु बज्रले गरेका हुन।

प्रतिक्रिया