अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

धिताल चिरिच्याँट्टको ‘मलाई छ चर्को’ सार्बजनिक 

बिआरटीनेपाल २०७३ मंसिर १ गते ४:२४ मा प्रकाशित

रङ्गकर्मी एवम् मेरी बास्सैका हाँस्य व्यङ्ग्य कलाकार धिताल चिरिच्याँट्टको दोस्रो साङ्गीतिक गीति कोसेली ‘मलाई छ चर्को’को अडियो बजारमा आएको छ । ‘बाउले भन्छन् मलेसिया जा’ भन्ने गीतको अपार सफलतापछि धेरै श्रोताको मन जित्न सफल धितालको अर्को गीति कोसेली सार्वजनिक भएको हो ।

देशमा भएको बेथिति र देशमा सिस्टम नभएको कारण युवाले भोग्नु परेको समस्या यस गीतको प्रमुख विषयका रुपमा रहेको छ । गीतको परिकल्पनाको क्षणलाई धितालले थपे । हामी सबैले मिहेनत गर्नेलाई देशमै छ भनेर भन्छौँ यो ठीक पनि हो तर देशमा गरेको हरेक दुःख र लगानी डुब्ने, नाश हुने भयो भने फेरि ऋण गरेर परदेशी भूमिमा पसिना बगाउनुको विकल्प नरहेको उनी बताउँछन् ।

धितालको परिकल्पनालाई शब्दमा नवराज गजुरेलले उतारेका हुन् भने सङ्गीत संयोजन बाबुल गिरीले गरेका हुन् । परिकल्पना लय स्वर धितालको रहेको गीतको चाँडै म्युजिक भिडियो पनि बजारमा आउने धितालले जानकारी दिए ।

https://www.youtube.com/watch?v=lSbhuGluTiI

प्रतिक्रिया