अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

बद्री पंगेनीको प्रस्तुतीले दर्शकको आँखामा आँसु

बिआरटीनेपाल २०७३ मंसिर १ गते २:४५ मा प्रकाशित
नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको पाँचौं दिन सोमबार बद्री पंगेनी मुख्य आकर्षकको रुपमा रहे । कार्यक्रमकको प्रमुख अतिथि समेत रहेका गायक बद्रीले आफ्नो प्रस्तुतीको पहिलो गीत गाउँदा उपस्थित सबै दर्शकको आँखा रसाए । लाउ चेली सिन्धुर लाउ बोलको गीत गाउँदा उपस्थित दर्शकहरु मध्ये बृद्धहरु धुरुधुरु रोएको देखिन्थ्यो ।unnamed-1
स्टेज तल झरेर बृद्ध आमाबुबाको आँसु पुच्छै गीत गाउँदा बद्री पंगेनी स्वयमले पनि आँसु झारेका थिए । नेपाली युवाहरु बिदेशीनु परेको पिणा र घरमा बुढा आमा बुबा एक्लै बस्दाको पिणालाई गीत मार्फत सुनाउँदा उपस्थित सबैको आँखा रसाएको थियो । साथै ब्रदीले रुवाउनुको साथै दर्शकलाई नँचाएर पनि गए । आधा दर्जन गीतहरु गाएका बद्रीले ‘रातो पछेउरी’, ‘ससुरालीमा’ लगायतका गीतहरुमा छमछमी नँचाएका पनि थिए । unnamed-2
गायक बद्रीको साथमा अन्य थुप्रै राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुतीको साथमा दर्शक नँचाएका थिए । गायक रमेशराज भट्टराई, दिपक खड्का, गायिका उमा गिरी, हाँस्य कलाकार दिपक थापाको पनि बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रमको अन्तिमा गायिका उमा गिरी र गायक बद्री पंगेनीको दोहोरीमा पनि दर्शकहरु खुबै नाँचेका थिए ।
साथै आज (मंगलबार)को कार्यक्रममा मुख्य आकर्षकको रुपमा गायक पुरुर्षोत्तम न्यौपाने र जानकी तारामी मगर रहेका छन् ।
प्रतिक्रिया