अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

‘शब्द’ पुस २९ बाट 

बिआरटीनेपाल २०७३ कार्तिक ३० गते ०:४२ मा प्रकाशित

हल सञ्चालक छिरिङ दोर्जे लामाले निर्माण गरेको सामाजिक कथानक चलचित्र शब्दको प्रदर्शन मिति तोकिएको छ । नव निर्देशक सन्तोष शिवाकोटीको निर्देशनमा बनेको शब्द आगामी पुस २९ गते देखी देशभर एकसाथ प्रदर्शन हुने भएको छ । सौगात मल्ल, अनुभव रेग्मी, कमली वाइबा, अर्जुन गुरुङ, रोयदेव श्रेष्ठ, ओशिन भट्टराई, राज थापा लगायतले अभिनय गरेको चलचित्र शिव ढकालले खिचेका हुन् ।

राजनराज शिवाकोटि र सुरेश गैरेको संगीत रहेको चलचित्रको स्क्रिप्ट यम थापा र किरण घिमिरेले लेखेका हुन् । बनिष शाहले सम्पादन गरिरहेको यस चलचित्रका गीत डा. कृष्णहरी बराल र राजनराज शिवाकोटीले लेखेका हुन् ।

प्रतिक्रिया