अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

महजोडीले डिसीमा नयाँ प्रस्तुति दिने

बिआरटीनेपाल २०७३ कार्तिक १७ गते २३:२१ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपा: पासा पुचः अमेरिकाये (एनपीपीए ) को रजत जयन्तिको विशेष कार्यक्रममा प्रस्तुति दिन मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य ) डिसी आज आई पुगेका छन् l

एनपीपीए को निमन्त्रणालाई स्वीकार गर्दै कार्यक्रमको लागि मात्र विशेष नयाँ कार्यक्रम प्रस्तुति गर्ने जानकारी मह जोडीले वासिङ्टन डिसीको अन्तरराष्ट्रिय डलस बिमानस्थलमा दिए l हरि बंश आचार्यले सवालको जवाफमा एनपीपीए यो ठुलो सांस्कृतिक पर्व हो भन्दै सांस्कृतिक पर्वको लागि आफू आएका बताए l एनपीपीएले हामीलाई बोलाएर आफूलाई ठुलो सम्मान गरेको बताए l अमेरिकामा बस्ने नेपाली समुदायलाई सांस्कृतिक सद्भाव टक्र्याउने छौ भनी प्रतिबद्धता जनाए l

विमानस्थलमा कुराकानी गर्दै आगामी नोवेम्बर ५ तारिख शनिवार मेरिल्याण्डमा हुने आफ्नो प्रस्तुतिमा डिसी महानगर वासी नेपाली समुदायलाई चुल्हो निम्तो दिएका छन् l विमानस्थल मै मह जोडी आएको थाहा पाएर अन्य सहर तथा राज्यमा अन्य समुदायले कार्यक्रमको लागि निमन्त्रणा तथा आग्रह आयो भने कस्तो प्रतिक्रिया हुन्छ भन्ने राखिएको सवालमा आफुहरु केवल डिसीको लागि मात्र आएको र अन्य ठाउँमा जान नसकिने बताए l

नोवेम्बर १५ तारिकमा आफू फर्कनु पर्ने भएको बताउँदै अहिले नसकिएता पनि अर्को साल तारतम्य मिलाएर सबै राज्यमा कार्यक्रम लिएर आउने बताए l मह जोडी को स्वगार्थ विमानस्थलमा संस्थापक अध्यक्ष राम मालाकार , संस्थाकी वर्तमान सभापति सरोज प्रजापति ,महासचिव मनोहर लाल श्रेष्ठ लगायत अन्य पदाधिकारीहरू पुगेका थिए l मह जोडीलाई माला लगाई अमेरिकामा स्वागत गरेका गरेका थिए भने सामूहिक तस्बिरहरू पनि लिइएको थियो l

प्रतिक्रिया