अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनलको गल्फ प्रतियोगिता सम्पन्न

बिआरटीनेपाल २०७३ कार्तिक १७ गते ९:५१ मा प्रकाशित

गत अक्टोबर २९ तारिख मेरिल्याण्ड राज्यको टाउसन सहरमा नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनलले आयोजना गरेको गल्फ प्रतियोगिता सम्पन्न भएको छ l स्थापना कला देखि नै खेलकुद लाई मुख्य प्राथमिकता दिँदै आएको संस्थाले निरन्तर रूपमा अमेरिकाका विभिन्न राज्य तथा सहरमा विभिन्न खेलकुद कार्यक्रम गर्दै आएको छ l sports

अमेरिकामा नेपालीहरू अन्य खेलको तुलनामा गल्फ कम खेल्ने भएकोले यसलाई अझ व्यापक बनाउन यस खेललाई प्राथमिकतामा पारेको संस्थाकी कोषाध्यक्ष केमिका भण्डारीले बताईन l र नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनलले विगत पाँच महिना देखि गल्फ खेलकुद कार्यक्रम गराउदै अमेरिकामा जन्मिएका दोस्रो पुस्ताले अमेरिकन प्रतियोगिता सहभागी हुन् उनीहरूलाई अभिप्रेरित गर्ने उद्देश्यले आयोजना गरेको थप जानकारी भण्डारीले दिइन् l भण्डारीले अमेरिकामा बस्ने नेपालीहरूका लागि कहिले काही गल्फ खेल्न नेपाल जस्तो महँगो नपर्ने बताइन् l

मेरिल्याण्डमा भएको प्रतियोगितामा पर्ल रेग्मी प्रथम तथा क्रिस घिमिरे दोश्रा भएका छन् l यसै गरी उक्त प्रतियोगिता लामो दुरी फ्याक्ने (ड्राइभ )मा कमल न्यौपाने विजयी भएका छन् भने प्वाल नजदिक (क्लोज टू पिन )पुर्याउनेमा उमेश केसी विजयी भएका छन् l sports2

प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की रहनुको साथै सहभागिता पनि जनाएका थिए l उद्घाटन विशेष अतिथि महा वाणिज्य दुत प्रेम राजा महतले गरेका थिए l कार्यक्रममा सहभागी हुनेहरुमा यम पुन ,केम्निका भण्डारी ,मिलन राई ,प्रकाश नेपाल ,सीता पाण्डे ,अर्जुन कुमार कार्की ,पर्ल रेग्मी तथा क्रिस घिमिरे रहेका थिए l

संस्थाकी अध्यक्ष सीता पाण्डेले संस्थाको बारेमा प्रकाश पार्नुको साथै सहभागीलाई स्वागत गरेकी थिइन भने उपाध्यक्ष मिलन राईले धन्यवाद ज्ञापन राखेका थिए l कार्यक्रमको समन्वय केमिका भण्डारीले गरेकी थिइन् l

कार्यक्रममा विजयी खेलाडी सबैलाई राजदूत कार्कीले पदक तथा प्रमाण पत्र वितरण गरेका थिए भने पदकको प्रयोजन क्रिस रियलटर ले गरेको थियो l गत वर्ष पनि क्रिस रियलटरले पदक को प्रयोजन गरेको थियो l

प्रतिक्रिया