अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

परदेशबाट आममानिसको चयनका पक्षमा वकालत- सीमा पोखरेल

बिआरटीनेपाल २०७३ फागुन ८ गते ७:३९ मा प्रकाशित

धेरैजसो समय राजनीतिसँग सम्बन्धित मुद्दाहरूले मेरो ध्यान आकर्षित गर्दैनन, किनभने राजनीति एउटा फोहोरी खेल हो ।

नेपाल, मेरो जन्मभूमीमा सरकारी भ्रष्टाचार फैलिएको छ र सरकारका सबै तहमा व्याप्त छ । राजनीति गर्नेहरू सधैँ आफ्नो एजेन्डा ल्याउँछन्, अनि आमजनताको आवाज र भलाइमाथि राल काढ्छन् । वर्षौं यता इमान्दार र मात्र जनसेवक देखापरेका छन्, जो जनताका पक्ष तथा नेपाली समाजको भलोका लागि देखिन्छन्, तर यी दृढ पुरुष तथा महिलाहरू भ्रष्ट प्रणालीका सामु घुँडा टेक्न बाध्य छन् । उनीहरूलाई पाखा लगाइन्छ, घिनलाग्दा र लोभीहरूलाई उनीहरूको स्थानमा ल्याइन्छ । म सानैमा धेरै सक्रिय ”प्रगतिशील गायिका” भएर हिँड्दा यस्ता कुकर्मका किस्साहरू सुन्थे वा देख्थें र साक्षी थिएँ, अहिलेसम्म त्यस्ता किस्साहरू ”नेपाली राजनीति” मा बारम्बार दोहोरिएका देख्दै आएकी छु ।

नेपाल र विश्वमै बढ्दो नकारात्मकताका कारण समाचार हेर्दा र पढ्दा म खुसीभन्दा बढ्ता दु:खी हुन्छु । यही कारणले मैले टेलिभिजन हेर्न र समाचार पढ्न छाडेकी छु । एक दिन जब म खाना तयार पार्दै थिएँ, मेरा ससुरा देशमा भएको भ्रष्टाचारमाथि नवराज सिलवालले लगाएको अंकुश समेटिएको राम्रा कामबारे प्रस्तुत समाचार हेर्दै हुनुहुन्थ्यो । उनका कामहरू:
१. भगौडा अपराधीको गिरफ्तारी,
२. प्रमाणपत्र बिना डाक्टरी गरिरहेका नक्कली डाक्टरको पक्राउ,
३. एटिएम मेसिनहरूमा सुरक्षाको बन्दोबस्त,
४. देशमा भइरहेको सुन तस्करी रोक्ने काम आदि ।

यी मात्र उनले गरेका धेरै गतिला कामहरूमध्येका केही उदाहरण हुन् ।

उनको कामको प्रकृतिले साँच्चै कुकर्ममाथि सुकर्म झल्काउँछ । म उनले गरेका कामप्रति धेरै प्रभावित थिएँ र नेपालमा असल मान्छेको विजयी हुनेछ र आममानिसको सार्वजनिक सुरक्षा र संरक्षण दिन सक्छन् भनेर पनि विश्वास गर्छु ।

यो अस्तव्यस्त समयमा र देशमा भ्रष्टाचारको व्याप्त अन्धकारमा, कहिलेकाहीँ नवराज सिलवालजस्तै उज्यालो चमक दिन थाल्छन्, अनि आममानिसमा आनन्द र आशा देख्न थालिन्छ । त्यही उज्यालोले नेताहरूको भ्रष्ट प्रवृत्ति नङ्ग्याइ दिन्छ ।
सरकारमा यति धेरै स्वार्थ र कुइच्छामा डुबेको छ, अध्यारोमा चम्कन खोज्ने मैनबत्तीलाई निर्लज्ज निभाउने आँट पनि गरिहाल्छ । प्रहरी महानिरिक्षक चयनले मेरो ध्यान खिचेको छ । सरकार किन सिलवाल जस्तो साँचो सुधारवादीसँग काम गर्न यति अन्धो भएजस्तो र आनाकानी गरिरहेछ भन्नेमा मलाई आश्चर्य लाग्न थालेको छ । सरकार किन स्थिरता ल्याउन, जनतालाई सुरक्षा महसुस गराउन, र अपराधीलाई थर्कमान पार्ने सिलवाल जस्तो सही उम्मेदवार नछानेर जनआवाजबाट पन्छिन खोजिरहेछ ?

किन हामी पनि कोही भ्रष्ट र आपराधिक संसारमा परिवर्तन ल्याउन तथा प्रणालीमा नै सुधार गर्न प्रयासमा लागेकालाई आउन दिँदैनौं? सिलवाल धेरै योग्य र प्रहरी महानिरिक्षकका रूपमा नेतृत्व गर्न सक्षम छ भन्ने मलाई विश्वास छ । हामी आमजनता पनि हाम्रो सुरक्षा र संरक्षणको नीति-नियम कार्यान्वयनमा ल्याउँछन् भन्ने विश्वासमा निर्वाचित अधिकारीहरूलाई मत दिन्छौं । हामी किन जनताको पक्षमा सहानुभूति नराख्नेलाई तथाकथित ‘नेताहरू’ लाई मत दिन्छौं, किन सच्चा नेता र जनसेवकलाई निर्वाचित गर्दैनौ ?

यो एक व्यक्तिको विचार र प्रतिक्रिया हो, तर मलाई लाग्छ, धेरै नेपालीको यस विषयमा यस्तै धारणा होला र उहाँहरू फरक तरिकाले प्रस्तुत गर्नुहुँदो हो । अन्ततः उहाँहरूको इच्छा प्रबल हुने एक दिन आउनेछ । सबै जिम्मेवार पक्षहरूमा मेरो नम्र आग्रह छ: ”कृपया समय, पैसा, र नेपाली जनताको ऊर्जा खेर नफाल्नुहोस्, र नवराज सिलवाललाई नयाँ प्रहरी महानिरिक्षक छानेर न्याय गर्नुहोस् ।”

‘लोक: समस्त सुखिनो भवन्तु:’

Seema Pokhrel

नेपाली अनुवादक: राजेश कोइराला, न्यु ह्यामसायर 

 

Click here for ENGLISH VERSION

प्रतिक्रिया