अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई विशेष स्वागत गर्न आग्रह

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते ३:४३ मा प्रकाशित

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले अमेरिकी राष्ट्रपतिलाई कोरियामा विशेष स्वागत गर्न आफ्ना जनतालाई अपिल गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता दक्षिण कोरियाको भ्रमणमा आउन लाग्नुभएको छ । सोही क्रममा उहाँलाई विशेष रुपमा स्वागत गर्नका लागि दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले कोरियाली जनतालाई आग्रह गरेको बताइएको छ ।

कोरियाली राष्ट्रपतिका प्रवक्ताले आइतबार सोलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

प्रवक्ता पार्क सुयुनले भन्नुभयो– दक्षिण कोरियाली सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणलाई राजकीय भ्रमणको मान्यता दिएको छ र सोही बमोजिम सरकारले सम्मान प्रदान गर्नेछ ।

त्यसैले उहाँलाई न्यानो आतिथ्य प्रदान गर्न आम नागरिकलाई पनि आग्रह गरिएको उहाँले बताउनुभयो । यस भ्रमणलाई विशेष महत्वको भ्रमणका रुपमा कोरिया सरकारले लिएको पनि उहाँको भनाई थियो ।

उहाँले अमेरिकी राष्ट्रपतिले गएको २५ बर्षपछि पहिलो पटक कोरियाको भ्रमण गर्न लाग्नुभएकोले पनि यस भ्रमणलाई अमेरिकासँगको सम्बन्धमा विशेष रुपमा लिइएको उहाँले बताउनुभयो ।

उत्तर कोरियाका कारण पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी तनावको वर्तमान अवस्थामा अमेरिकी राष्ट्रपतिबाट हुन लागेको यो भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको छ । (रासस-सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू