अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

जोशीको उम्मेदवारी खारेजी

बिआरटीनेपाल २०७४ कार्तिक १८ गते ९:३२ मा प्रकाशित

तनहुँ क्षेत्र नं १ बाट नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले स्वतन्त्र ढङ्गबाट दिएको उम्मेदवारी खारेज भएको छ ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थाका कारण जोशीको उम्मेदवारी खारेज भएको बताउनुभयो । “जोशीका विरुद्ध उजुरी परेको र अयोग्य ठहरिएका कारण उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको हो”, कोइरालाले भन्नुभयो । जोशी उम्मेदवार हुन अयोग्य भएसँगै उहाँको नाम मनोनयनपत्र दर्ता सूचीबाट हटाइएको सहायक निर्वाचन अधिकृत एवं जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ अर्यालले बताउनुभयो ।

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि १३ जनाले मनोनयनपत्र दर्ता गराएकामा जोशीको नाम अयोग्य भएसँगै १२ जनाको नाम मात्रै प्रकाशन गरिएको छ । भ्रष्टाचारी ठहरिएका जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएपछि सोही क्षेत्रका उम्मेदवार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको उम्मेदवारी रद्द गरी पाऊँ भनी उजुरी दिनुभएको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू