अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

मोदीद्वारा प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा

बिआरटीनेपाल २०७४ कार्तिक १८ गते ९:२१ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार यहाँको प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिनुभएको छ ।

उत्तर भारतको हिमाञ्चल प्रदेशको कङ्ग्रामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सो शब्दावली प्रयोग गरी प्रतिपक्षीको आलोचना गर्नुभएको हो ।

भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, “यदि तपाईँले बाहिरी भागमा सफा गर्नुभयो भने पनि केही दिनपछि धमिरा देखा पर्छन् । कँग्रेस पार्टीको भ्रष्टाचारी सोच पनि धमिराजस्तै पुन देखापर्छ ।”

तपाईँले सरकार मात्रै परिवर्तन गरेर हिमाञ्चलमा भ्रष्टाचार नियन्त्रण गर्न चाहनुभएको छ तर जरैदेखि सफाइ गर्न जरुरी छ, भारतीय प्रधानमन्त्रीले भन्नुभयो । हिमाञ्चलमा यही नोभेम्बर ९ मा स्थानीयस्तरको निर्वाचन हुने कार्यक्रम रहेको छ । सोही सन्दर्भमा उहाँले हिमाञ्चलबासीलाई सम्बोधन गर्न त्यहाँ पुग्नुभएको हो ।

हिमाञ्चल राज्य सरकारमा अहिले कँग्रेसको नेतृत्व रहेको छ । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू