अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 12:04

बीआरआई सम्झौता सार्वजनिक गर्ने सरकारको तयारी

बिआरटीनेपाल २०८१ मंसिर २४ गते ६:१३ मा प्रकाशित

‘ सरकारले गतसाता चीनसँग भएको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड को–अपरेसन’ (बीआरआई सहकार्य)सम्झौता सार्वजनिक गर्ने भएको छ । बीआरआई सहकार्य सम्झौताका विषयमा अनेकथरि टीकाटिप्पणी भएपछि सरकारले सम्झौता सार्वजनिक गर्ने तयारी गरेको हो । “मंगलबार साँझसम्म चीनसँग भएको बीआरआई सहकार्य सम्झौता परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखी सार्वजनिक गर्ने तयारी छ,” परराष्ट्र मन्त्रालय स्रोतले भनेको छ, “मंगलबार भ्याइएन भने एक–दुई दिनभित्र गर्छौं ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि २० गतेसम्म चीनको भ्रमण गर्नुभएको थियो । भ्रमणका समयमा नेपाल र चीनबीच १० वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । भ्रमणका क्रममा मंसिर १८ गते नेपाल र चीनबीच ९ वटा र मंसिर १९ गते एउटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मंसिर १९ गते बीआरआई सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो । संयुक्त विज्ञप्ति जारी भइसकेपछि नेपाल र चीनबीच बीआरआई सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।

“बीआरआई सम्झौताका सम्बन्धमा भएकारनभएका अनेकथरि टीकाटिप्पणी हुन थाल्यो । केहीले जानी बुझीकन सम्झौताको गलत व्याख्या गरिरहेका छन् । जनतामा गलत धारणा नबनोस् भनी सम्झौता सार्वजनिक गर्ने निर्णयामा हामी पुगेका हौं,” परराष्ट्र मन्त्रालय स्रोतले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय