अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२१ | Colorodo: 13:36

२१ औं शताब्दीमा यति क्रुर नरसंहार हुनु लज्जाको विषय : बाबुराम भट्टराई

बिआरटीनेपाल २०८१ मंसिर २४ गते ५:५४ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इजरायल-प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो ।अध्यक्ष भट्टराईले २१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको आरोप लगाउनुभयो । उहाँले प्यालेस्टाइनी जनताको मुक्तिको लागि आवाज आफूहरुले आवाज उठाएको बताउनुभयो । उहाँले अहिले इजरायल राज्य वास्तवमा प्यालेस्टाइन राज्य भएको भन्दै सम्झौता गरेर दुई भागमा विभाजित गरेपछि पनि एकअर्कालाई नस्वीकार्ने कुरा गम्भीर रहेको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल तटस्थ बस्नु गलत भएको र नेपालले सत्य र न्यायको पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो । अध्यक्ष भट्टराईले सत्य र न्यायको पक्षमा बोल्न नसक्ने कुराले मानव हुनुको अर्थ नराख्ने र नेपाली हुनुको अर्थ नहुने बताउनुभयो । अध्यक्ष भट्टराईले सत्य र न्यायको पक्षमा बोल्न डराउनु नहुने बताउनुभयो । गाजा-प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमबारबाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय