अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 13:23

इजरायली जनतालाई माधव नेपालको आग्रह – देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुहोस्

बिआरटीनेपाल २०८१ मंसिर २४ गते ५:५२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गर्नुभएको छ ।सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको विरुद्धमा दृढतापूर्वक उभिन आग्रह गर्नुभयो । उहाँले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताउनुभयो । उहाँले प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको बताउनुभयो । उहाँले नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भत्र्सनायोग्य रहेको बताउनुभयो । गाजा-प्यालेस्टाइन युद्ध सुरु भएको १४ महिनापछि सोमबारबाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय