अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 12:33

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेट

बिआरटीनेपाल २०८१ मंसिर १५ गते ८:१९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको छ । शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्रीले छलफल गनुएभएको हो ।

आसन्न औपचारिक चीन भ्रमण र विविध विषयमा राष्ट्रपति पौडेलसँग उहाँको भेट र छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा पनि सहभागी हुनुहुथ्यो ।

त्यसअघि, शनिबारै बालुवाटारमा नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूबीच छलफल भएको थियो । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय