अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२ | Colorodo: 10:57

सिरीयामा विद्रोही सेनाको आक्रमण

बिआरटीनेपाल २०८१ मंसिर १३ गते २३:२७ मा प्रकाशित

सिरियामा विद्रोही सेनाले उत्तर–पश्चिमी क्षेत्रमा ठूलो आक्रमण शुरु गरेको छ । पछिल्ला केही वर्षहरुमा पहिलो पटक राष्ट्रपति बसर अल–असदको सेनाविरुद्ध विद्रोहीले ठूलो आक्रमण गरेको हो ।तीन दिनदेखिको आक्रमणबाट विद्रोही समुहले एलेप्पो र इदबिल प्रान्तका कैंयौं शहर तथा गाउँहरु आफ्नो नियन्त्रणमा लिएका छन् । ती क्षेत्रहरुबाट सरकारी सेना पछि हटेको विद्रोही समुहको दाबी छ ।

इस्लामीक लडाकु समूह ‘हयात तहरीर अल–शाम’ (एच.टी.एस) र सहयोगी गुटहरूले एकसाथ आक्रमण गरेका थिए । बेलायतमा रहेको अनुगमन समूहले लडाइँमा दुवै पक्षका १ सय ८० भन्दा बढी लडाकु मारिएको बताएको छ । विपक्षी नियन्त्रित क्षेत्रमा सिरिया र रुसको हवाई हमलामा कम्तीमा १९ जना सर्वसाधारण पनि मारिएका छन् । सन् २०११ मा शान्तिपूर्ण प्रजातन्त्र पक्षधर विरोध प्रदर्शनमा सरकारले हिंसात्मक दमन गरेपछि शुरु भएको गृहयुद्धमा ५ लाखभन्दा बढी मानिस मारिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू