अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:००
| Colorodo: 11:15
खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा पछिल्लो तीन महिनामा ९५ नेपालीले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ सुरु भएपछिको तीन महिनामा यूएईमा उनीहरूले ज्यान गुमाएको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार, ०८१ साउनमा ३०, भदौमा ३२ र असोजमा ३३ नेपालीको मृत्यु भएको हो । सडक, कार्यस्थल दुर्घटना, हृदयाघातलगायत कारणबाट उनीहरूको मृत्यु भएको दूतावासले जनाएको छ । यूएईमा हाल चार लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।