अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२
| Colorodo: 10:57
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकैदिन चार वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि दैनिक १० घण्टा बन्द भएसँगै भैरहवामा उडान बढेको हो । आज कतार एअरवेज, जजिरा एअरलाइन्स, फ्लाई दुबई र थाई एअर एशियाको जहाजले भैरहवामा उडान गरेका हुन् ।
बाक्लो हुस्सुका कारण थाई एअर एशियाको जहाज भने कपिलवस्तुको आकाशमा १५ फन्का लगाउन बाध्य भएको थियो । जजिरा एअर भैरहवाबाट सिधै कुवेत उडेको छ भने बाँकी जहाज तालिका अनुसार काठमाण्डौ हुँदै यात्रु लिएर गन्तव्यतर्फ गएका छन् ।