अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 09:21

सरकारले आइटी दशक घोषणा गर्‍यो तर बजेट छुट्याएन : सञ्चारमन्त्री गुरुङ

बिआरटीनेपाल २०८१ कार्तिक २९ गते ४:१३ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी राज्यप्रति विश्वास हुने वातावरण सिर्जना गर्ने काममा लागिरहेको बताउनुभएको छ ।बिहीबार काठमाडौंमा स्टार्टअप एण्ड मिडिया फेस्ट-२०२४ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।सञ्चारमन्त्री गुरुङले नेपालमा भन्ने एउटा र गर्ने अर्को परिपाटीले युवाहरु विश्वास नलागेर विदेश पलायन भइरहेको भन्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले अघिल्लो सरकारले आइटी दशक घोषणा गरेको भएपनि बजेट शुन्य रहेको बताउनु भयो ।

सञ्चारमन्त्री गुरुङले कृषिमा प्रविधिको दशक शुरु भएको घोषण गरेको तर बजेट शुन्य रहेको भन्दै सरकारका यस्ता गतिविधिहरुले युवाहरु विदेश पलायन भइरहेको बताउनुभयो । उहाँले सरकार नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सरकारले बजेट नै नछुट्याएको बताउनुभयो । त्यसको लागि विशेष व्यवसथा गरेर भएपनि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न आफू लागिपरेको बताउनुभयो । त्यसको लाग सरकारी क्षेत्रबाट नै आफूले शुरुवात गर्न चाहेको बताउनुभयो । सञ्चारमन्त्री गुरुङले २०८४ अगाडिका ३ वर्षमा ३ लाख आइटी क्षेत्रबाट रोजगारी सिर्जना गर्ने कुरामा मन्त्रालय लाग्ने घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू