अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८ | Colorodo: 09:43

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा ५८ जना विद्यार्थी दीक्षित

बिआरटीनेपाल २०८१ कार्तिक २८ गते ५:४६ मा प्रकाशित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित भएका छन् । स्थापनाको डेढ दशकपछि आयोजना भएको पहिलो दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ५८ जना विद्यार्थी दीक्षित भएका हुन् ।स्नातकतर्फ बीपीएचमा ३८, एमबीबीएसमा १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ जना विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका रेक्टर डाक्टर डबल धामीले जानकारी दिनुभयो । पाँच जना विद्यार्थीले स्वर्ण पदक पाएका छन् ।

यसैबीच प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताउनुभयाे । ओलीले कर्णाली र सुदूरपश्चिमका गरी १३ जिल्लाका नागरिकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्य सेवा पाउने असम्भव जस्तै सपना पूरा भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू