अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 10:21

चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ कार्तिक २७ गते ५:३८ मा प्रकाशित

चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा ४३ जना घाइते भएका छन् ।

जुहाई स्पोर्ट्स सेन्टरमा प्रवेश गरेर व्यायाम गरिरहेका मानिसहरूको भीडमा ६२ वर्षका चालकले कार गुडाउँदा दुःखद घटना भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीले उनलाई पक्राउ गरेको छ । उनी गम्भीर घाइते भएर बोल्न नसकेका कारण प्रहरीले बयान लिन सकेको छैन ।

पक्राउ परेका व्यक्तिकाे सम्बन्धविच्छेद भएको र सम्पत्तिको बाँडफाँटको विषयमा लामो समयदेखि विवाद रहेको खुलेको छ । प्रत्यक्षदर्शीका अनुसार घटना हुँदा कम्तीमा सयौं मानिस नियमित पैदल यात्रा र व्यायमका लागि स्टेडियममा भेला भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू