अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४
| Colorodo: 10:09
प्यालिस्टिनीमाथि इजरायलबाट भएको जनसंहारविरूद्ध संयुक्त अभियानको आयोजनामा सोमबार दिउँसो काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा राजनीतिक दलका नेताहरू, बृहत नागरिक आन्दोलनका प्रतिनिधिहरू, सामाजिक जीवनका सम्मानित व्यक्तित्वहरू, मानवअधिकारवादी संगठन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागी छ । शान्तिपूर्ण प्रदर्शनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका महासचिव देव गुरूङको पनि पनि सहभागीता थियो ।
अब हुलाकमार्फत ज्ञापनपत्र बुझाउने अभियानको तयारी छ । साथै मंसिर ८ गते माइतीघरमा प्रदर्शन गर्ने पनि बताइएको छ ।