अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 11:16

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो: डिपी अर्याल

बिआरटीनेपाल २०८१ कार्तिक २५ गते ६:३४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताउनुभएको छ । सभापति लामिछानेको रिहाइको माग गर्दै आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उपसभापति अर्यालले भन्नुभयो, ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो। यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो।’

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परे पनि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन। रास्वपामा डिपी र स्वर्णिम वाग्ले उपसभापति हुनुहुन्छ । पार्टी सभापतिले तोकेका वा ज्येष्ठ उपसभापतिमध्येबाट कार्यवाहक तोक्ने विधानमा व्यवस्था भए पनि लामिछानेले औपचारिक रूपमा कसैलाई पनि कार्यवाहक दिनुभएको छैन ।

तथापि उपसभापति अर्यालले नै कार्यवाहकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । केन्द्रीय समिति बैठकको अध्यक्षता उपसभापति अर्यालले नै गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू