अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 10:38

ओली सरकारले सात बुँदे सहमतिअनुसार कुनै काम गरेन : शेखर कोइराला

बिआरटीनेपाल २०८१ कार्तिक २४ गते ६:४३ मा प्रकाशित

नेपाली काग्रेसका नेता डा। शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । काग्रेस त्रियुगाले उदयपुरमा शनिबार आयोजना गरेको बीपी कोइरालाको सालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमतिअनुसार कुनै काम नगरेको आरोप लगाउनुभयो ।

उहाँले वर्तमान सरकार संविधान संशोधनलगायतका महत्वपूर्ण काम गर्ने गरी कांग्रेससँगको सात बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा आपत्ति जनाउनुभयो । संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उहाँको भनाइ छ ।

कोइरालाले सात बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे अब प्रश्न उठाउनुपर्ने बेला आएकोसमेत बताउनुभयो । त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदन भण्डारी राजमार्गको बिचमा निर्माण गरिएको सालिकको अनावरण गर्दै नेता कोइरालाले बीपीको विचारलाई अनुशरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराब कार्यको विरोध गर्न सक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू