अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 08:37

जतिसुकै शक्तिशाली भए पनि गल्ति गर्नेहरु कानुनी दायरामा आउनैपर्छ : गगन थापा

बिआरटीनेपाल २०८१ कार्तिक २४ गते ५:५३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताउनुभएको छ ।सामाजिक सञ्जालमा महामन्त्री थापाले कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने उल्लेख गर्नुभएको छ । सहकारी प्रकरण होस् या जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरणमा जतिसुकै शक्तिशाली भए पनि कानूनी दायरामा आउनुपर्ने र कानूनी दायित्व बोक्नुपर्ने उहाँको भनाइ छ ।

महामन्त्री थापाले लेख्नुभएको छ, ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ । गल्ती गर्नेले सजाय भोग्नुपर्छ । सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ ।’ सरकारले व्यक्ति हेरेर चयन गर्दै कारबाही गर्न नपाइने गगन थापाले लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू