अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 09:53

नेपालको आफ्नो दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०८१ कार्तिक १९ गते ४:०० मा प्रकाशित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के-केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले यस अघि कस्तो खालको परिस्थिति थियो भन्नेकुराको मूल्यांकन गरी सय वर्षपछिका लागि हुने गरी दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनुभयो । उहाँले दिगो विकास गर्ने भइसकेपछि वन जंगल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरुको लागि कति ठाउँ चाहिन्छ रु भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई दिनुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने बताउनुभयो । शहरीकरण कस्तो ठाउँमा गर्ने रु भन्नेकुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले जलवायु अनुकुलन वातावरण हुनुपर्ने भएपनि अप्रत्याशित रुपमा जलवायुजन्य घटनाहरु बढिरहेको बताउनु भयो । नेपालका लागि जीवन रक्षा नै प्रथम दायित्व भएकाले सुरक्षित बस्ती विकास गर्ने, निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट संकट नआओस् भन्ने ध्येयले काम गर्नुपर्ने बताउनुभयो ।

निर्माण कार्य सुरक्षित बनाइ मानव जीवनलाई भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू