अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 16:57

शेयर बजार ३७ अङ्कले बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैकाे कारोबार

बिआरटीनेपाल २०८१ असोज २१ गते ६:२७ मा प्रकाशित

शेयर बजार आज पनि बढेको छ । हिजो ५६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव १३ अङ्कले बढेर दुई हजार ६ सय ९० दशमलव ७२ विन्दुमा पुगेको छ ।आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज थ्री स्टार हाइड्रोपावर र दोल्ती पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका एक करोड ५८ लाख कित्ता शेयर सात अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स कम्पनीको २६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू