अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

माओवादी शसस्त्र युद्धका बिषयमा विवाद, पूतिनिधीसभाको बैठक बस्दै नबसी स्थगित

बिआरटीनेपाल २०८१ भदौ ३० गते ५:५९ मा प्रकाशित

नेकपा माओवादीको शसस्त्र युद्धलाई हिंसा भन्ने कि नभन्ने विषयमा विवाद हुँदा प्रतिनिधिसभाको आजको बैठक पनि बस्दै नबसी स्थगित भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने नेकपा माओवादी केन्द्रको अडानपछि आजको बैठक बस्दै नबसी स्थगित भएको छ ।आज दिउँसो बजेको लागि बोलाइएको बैठक सहमति खोज्न भन्दै सभामुख देवराज घिमिरेले दिउँसो २ बजे र सवा तीन बजेको लागि सार्नुभएको थियो । तर बैठक शुरु नै नभई भोलि दिउँसो १ बजेको लागि आह्वान भएको छ ।

आजको संसद् बैठक खुलाउन बिहान सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो । तर माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म अवरोध नखोल्ने अडान राख्नुभएको थियो । माओवादीको संसदीय दलको बैठकले नै माओवादी हिंसा भन्ने शब्द संसदको रेकर्डबाट नहटेसम्म बैठक चल्न नदिने निर्णय गरेको छ । आजै बिहान सभामुख घिमिरेलाई भेटेर हितराज पाण्डे, जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्ति बस्नेत लगायतका माओवादी नेताले एकपक्षीय नबन्न र प्रमुख प्रतिपक्षी दलको कुरा पनि सुन्न आग्रह गरेका छन् ।

सभामुखले एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाउनु एकपक्षीय भएको भन्दै माओवादीले असहमति जनाएको हो । एमालेका सचिव योगश भट्टराईले गएको भदौ १२ गतेको प्रतिनिधि सभामा बोल्दा माओवादीको सशस्त्र युद्धलाई हिँसा भनेपछि विवाद शुरु भएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू