अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

खुला व्यापारले मात्र अर्थतन्त्रको असमानता कम गर्न नसकिने विश्व व्यापार सङ्गठनको भनाइ

बिआरटीनेपाल २०८१ भदौ २५ गते ६:५४ मा प्रकाशित

विश्व व्यापार सङ्गठन (डब्लुटीओ) ले धनी र विकासोन्मुख देशहरूबीचको असमानता कम गर्न खुला व्यापार मात्र पर्याप्त नहुने भन्दै गरिब देशलाई सहयोग गर्न थप आवश्यक रहेको बताएको छ ।विश्वव्यापी व्यापारसम्बन्धी डब्लुटीओको सन् २०२४ को प्रतिवेदनमा सङ्गठनले सन् १९९५ मा आफ्नो स्थापनापछि अर्थतन्त्रहरूबीचको खाडललाई कम गर्न खेलेका भूमिकाबारे उल्लेख गरेको छ । प्रतिवेदनमा डब्लुटीओका महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले गरिबी कम गर्न र साझा समृद्धि बनाउन व्यापारको परिवर्तनकारी भूमिकाको पुनःपुष्टि रहेको बताउनुभएको छ ।

प्रतिवेदनको प्रस्तावनामा व्यापार र डब्लुटीओ जस्ता संस्थाहरू गरिबी वा गरिब देशका लागि काम गरेर विश्वको असमान खाडल पुर्न महत्त्वपूर्ण मानिने उल्लेख भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।न्यून र मध्यम आय भएका अर्थतन्त्रहरू अन्तर्राष्ट्रिय व्यापारमा कम संलग्न हुने, थोरै प्रत्यक्ष विदेशी लगानी प्राप्त गर्ने र वस्तुहरूमा अधिक निर्भर रहने प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले व्यापारलाई थप समावेशी बनाउन आवश्यक पर्ने घरेलु नीतिमा व्यावसायिक प्रशिक्षण र दक्ष र जनशक्ति निर्माणका लागि शिक्षा कार्यक्रम  समावेश गरेको छ ।

प्रतिक्रिया