अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४
| Colorodo: 11:29
गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा ४० जनाको ज्यान गएको छ । विद्रोही समूह हमासले सञ्चालन गरेको नागरिक प्रतिरक्षा प्रशासनले मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा आक्रमण हुँदा ४० जनाको ज्यान गएको र अन्य धेरै व्यक्ति घाइते भएका जनाएको छ ।
इजरायली सेनाले भने खान युनिसमा हमासले सञ्चालन गरेको केन्द्रमा आक्रमण गरेकाे र नागरिकलाई क्षति हुनबाट जोगाउने उपायहरू अपनाइएको दाबी गरेको छ । स्थानीय बासिन्दाले युद्धका कारण विस्थापित मानिसहरूको आश्रयस्थलमा आक्रमण भएको बताएका बीबीसीले जनाएको छ ।
गएको वर्ष अक्टोबरमा इजरायलले आफ्नो सैन्य अभियान शुरू गरेपछि हजारौं विस्थापित प्यालेस्टिनी आफ्नो ज्यान बचाउन खान युनिसतिर भागेका थिए । इजरायली सैन्य अभियानमा अहिलेसम्म ४० हजार ५ सय जनाभन्दा बढी मानिस मारिएका छन् ।