अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५
| Colorodo: 10:40
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिस खोल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको क्रममा अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिसको स्थापना गरेर आउन आग्रह गर्नुभएको हो ।
प्रमुख सचेतक शाहीले सो शहरमा नेपालीहरुको धेरै बसोबास भएपनि कन्सुलर अफिस नहुँदा समस्या परिरहेको बताउनुभयो । उहाँले अमेरिकास्थित नेपाली राजदुतावासको कार्यालय सानो तर राजदुतको आवासिय भवन ठूलो भएको भन्दै यि भवनहरुपनि साटफेर गर्न आग्रह गर्नुभयो । प्रमुख सचेतक शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्नेमा जोड पनि दिनुभयो ।