अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

देशभरीका सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने

बिआरटीनेपाल २०८१ भदौ २५ गते ५:४३ मा प्रकाशित

अब देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचलाउने व्यवस्था गरिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू