अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७
| Colorodo: 10:22
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन मस्यौदा समिति कार्यदल गठन भएको छ ।गठबन्धनको शीर्ष नेताहरूको बैठकले सरकार गठन भएको दुई महिनापछि साझा कार्यक्रमलाई टुंग्याउन चार सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता डा। प्रकाशशरण महत रहनुभएकाृे छ भने एमालेको तर्फबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।
न्यूनतम साझा कार्यक्रमको बारेमा छलफलका आजै गठबन्धनको बैठक बसेको छ । असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरे पनि सरकारमा गएका छैनन् ।