अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

भेनेजुएलाका विपक्षी नेता उरुटियाले लोकतन्त्रका लागि सङ्घर्ष गरिरहने

बिआरटीनेपाल २०८१ भदौ २४ गते ७:२९ मा प्रकाशित

भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले आफ्नो देशको लोकतन्त्रका लागि सङ्घर्ष गरिरहने बताउनुभएको छ । गएको जुलाईको आमचुनावमा राष्ट्रपति निकोलस मदुरोका प्रतिस्पर्धी गोन्जालेजले हिजो देश छाड्नुभएको थियो । उहाँलाई स्पेनले राजनीतिक शरण दिएको छ ।

उहाँले आफ्नो सञ्चार टोलीमार्फत पठाउनुभएको अडियो सन्देशमा भेनेजुएलामा फेरि लोकतन्त्र स्थापना गरेरै छाड्ने उद्घोष गर्नुभएको बीबीसीले जनाएको छ । गोन्जालेजसहित विभिन्न अन्तर्राष्ट्रिय समुदायले समेत अस्वीकार गरेको २८ जुलाईको चुनाव परिणामको विषयलाई लिएर देशमा अशान्ति शुरू भएपछि उहाँले देश छाड्नुभएको हो । उहाँले सबै भेनेजुएलाका नागरिकको राजनीतिक अधिकारका लागि स्पेन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू