अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

पोखराका १० विद्यालयले चिनियाँ भाषा कक्षा चलाउने

बिआरटीनेपाल २०८१ भदौ २४ गते ६:४१ मा प्रकाशित

पोखराका १० सामुदायिक विद्यालयमा निःशुल्क चिनियाँ भाषा कक्षा सञ्चालन हुने भएको छ। भाषा कक्षा सञ्चालनका लागि चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच भाषा कक्षा सञ्चालन गर्ने सम्झौता भएको हो।सम्झौता अनुसार पोखराको पार्दी माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय , जनप्रकाश माध्यमिक विद्यालय, छोरेपाटन माध्यमिक विद्यालय, लक्ष्मी आदर्श माध्यमिक विद्यालयमा भाषा कक्षा सञ्चालन हुनेछ।

यस्तै, गौरीशंकर माध्यमिक विद्यालय, बिष्णुपादुका माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय र जनप्रिय माध्यमिक विद्यालयमा अतिरिक्त चिनियाँ भाषाको कक्षा चलाउने सम्झौता भएको हो। भदौ २७ देखि कक्षा सञ्चालन हुँदैछ। पहिलो चरणमा अंग्रेजी भाषाको माध्यमबाट १ वर्षसम्म कक्षा चल्ने पोखरा महानगरपालिकाले जनाएको छ। कक्षा सञ्चालन गर्न १० जना स्वयंमसेव चिनियाँ भाषा शिक्षक पोखरा आइपुगेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू