अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९
| Colorodo: 10:24
गोरखाको चुमनुव्री गाउँपालिकाले मनास्लु क्षेत्र जाने पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले मनास्लु क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ र नेपाली नागरिकबाट प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क उठाउने निर्णय भएको जानकारीसहितको पत्र जिल्ला, प्रदेश र सङ्घीय सरकार मातहतका निकायलाई पठाउनुभएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र अध्यागमन विभागले उठाउने पदयात्रा शुल्क गाउँपालिकालाई प्राप्त नभएकोले गाउँपालिकाले आर्थिक ऐन २०८१ अनुसार पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको उहाँले बताउनुभएको छ । पर्यटकबाट लिइने शुल्कबाट मनास्लु क्षेत्रको पर्यटन र वातावरण संरक्षणका लागि लगानी गरिने पनि गाउँपालिकाले जनाएको छ ।