अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

राजदूत नियुक्तिलाई समावेशी बनाउँछाैँ : परराष्ट्रमन्त्री राणा

बिआरटीनेपाल २०८१ भदौ २४ गते ६:१८ मा प्रकाशित

परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।संसदीय सुनुवाइ समितिको आजकाे बैठकमा सांसदहरूले सरकारले विभिन्न १७ देशका लागि गरेको राजदूत नियुक्ति समावेशी नभएको प्रश्न उठाएपछि परराष्ट्रमन्त्री राणाले आउँदा दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिश गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महसूस गरेको बताउनुभयो ।

परराष्ट्रमन्त्री राणाले सरकारले गरेका काममा समितिले सुझाव दिएपछि नै सच्चिने अवसर पाउने बताउनुभयो । राजदूत सिफारिशका लागि आफूले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भए पनि त्याेअनुसार नपाएको उहाँकाे भनाइ छ । मन्त्री राणाले कुनै पनि ठाउँमा निर्णायक पदमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्ने बताउनुभयो । उहाँले देशमा असमानता, असमावेशीता कायम रहेको भन्दै यसलाई हटाएर लैजान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू