अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

कांग्रेस-एमालेबीच कुनै मतभेद छैन : देउवा

बिआरटीनेपाल २०८१ भदौ १९ गते ६:०५ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताउनुभएको छ ।बुधबार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो ।सभापति देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि काँग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताउनुभयो । उहाँले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताउनुभयो । उहाँले चुनौतिलाई बुझेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

सभापति देउवाले एमाले र कांग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको बताउनुभयो । यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने बताउनुभयो । सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको बताउनुभयो । उहाँले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताउनुभयो । सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू