अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

राष्ट्रिय साइबर सुरक्षालाई बलियो र दिगो बनाउनुपर्नेमा सरोकारवालाको जोड

बिआरटीनेपाल २०८१ साउन ३१ गते ७:२३ मा प्रकाशित

नेपालमा राष्ट्रिय साइबर सुरक्षालाई बलियो बनाउन महत्त्वपूर्ण काम गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । इनफर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपाल ९एनपीसीईआरटी०ले आयोजना गरेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० सम्बन्धी कार्यक्रममा सहभागीले जोड दिएका हुन् ।एनपीसीईआरटीले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोवेसन ९सीएसआरआई० र टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीको सहकार्यमा परामर्श कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा एनपीसीईआरटीका अध्यक्ष चिरन्जीवी अधिकारीले डिजिटल पूर्वाधारलाई सुदृढ गरी साइबर खतराबाट जोगाउन र देशका डिजिटल सम्पत्तिलाई दिगो बनाउन राष्ट्रिय साइबर सुरक्षा महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा पूर्वडीआईजी डा। राजीव सुब्बाले आगामी पुस्ताका साइबर सुरक्षा विशेषज्ञलाई तयार पार्न सीप विकासमा केन्द्रित शैक्षिक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । फिनटेक विशेषज्ञ गणेश घिमिरेले अन्तर्राष्ट्रिय वित्तीय लेनदेनमा रहेका साइबर सुरक्षा कमजोरीलाई ध्यानमा राख्दै यसलाई सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा इनफो डेवलपर्सका रेशम भण्डारीले ग्रासरुट लेभलमा साइबर साक्षरताको आवश्यकता रहेको बताउनुभयो । उहाँले सामान्य जनसंख्यामा साइबर खतराको बारेमा चेतना र बुझाइ वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा शरद चन्द्र प्याकुरेलले अहिलेका अनुकूल नीति हुँदाहुँदै पनि कार्यान्वयन नभइरहेको बताउनुभयो । यस्तै, वीरेन्द्र सिंह धामीले नेपालमा साइबर अपराध रोकथामका लागि प्रभावकारी कानुनी संरचनाको आवश्यकता रहेको बताउनुभयो । एनपीसीईआरटीले नेपालमा साइबर सुरक्षा सुधार गर्न उद्योग, शैक्षिक क्षेत्र र सार्वजनिक क्षेत्रभर सुरक्षा सचेतनाको प्रवर्द्धन गर्दै आएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू