अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने हमासको घोषणा

बिआरटीनेपाल २०८१ साउन ३१ गते ६:५३ मा प्रकाशित

प्यालेस्टाइनको विद्रोही समूह हमासले आजदेखि कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने भएको छ । गाजामा इजरायलले नरसंहार मच्याइरहेको र यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका विषयमा छलफल हुने सम्भावना कम देखेपछि हमासले वार्तामा सहभागि नहुने निर्णय गरेको हो ।हमासको राजनीतिक ब्यूरोका सदस्य सुहेल हिन्दीले एक पत्रकार सम्मेलन गरेर इजरायलले निर्दोष नागरिक मारिरहेको अहिलेको अवस्थामा वार्तामा बस्न नसकिने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हमासले गएको जुलाई २ मा भएको सम्झौताको पालना गर्न इजरायलबाट स्पष्ट प्रतिबद्धता खोजेको थियो, जुन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावमा आधारित थियो ।

जुन २ तारिखको सहमति कार्यान्वयनमा इजरायल सहमत भए मात्रै वार्तामा बस्न सकिने बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविरामबारे छलफल गर्न कतारमा वार्ता प्रतिनिधिमण्डल पठाउन स्वीकृति दिएपछि आज दोहामा वार्ता हुँदैछ । आजको वार्ताको उद्देश्य गाजामा रहेका समस्याहरूको समाधान गर्नु र मानवीय अवस्थालाई सम्बोधन गर्नु हो । तर हमासका प्रतिनिधि नै उपस्थित नहुने भएपछि आजको वार्ताले कुनै पनि सहमति गर्ने सम्भावना कम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू