अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

बंगलादेशमा प्रहरीको आन्दोलन फिर्ता

बिआरटीनेपाल २०८१ साउन २८ गते ५:५९ मा प्रकाशित

बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । आन्दोलनरत प्रहरीका प्रतिनिधि इन्स्पेक्टर जाहिदुल इस्लाम र हवल्दार शोएब हसनले  गृह मन्त्रालयमा भएको बैठकपछि आन्दोलन फिर्ता लिएकोे घोषणा गरेको ढाका ट्रिब्युनले जनाएको छ ।आफूहरूले राखेका अधिकांश माग पूरा हुने आश्वासन पाएपछि अब सबैजना आआफ्नो जिम्मेवारीमा फर्कने अपेक्षा गरिएको प्रहरी अधिकारीले बताएका छन् । प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच देशभर झडप भएपछि बंगलादेश प्रहरी अधिनस्थ कर्मचारी युनियनले अगस्ट ६ मा बन्दको घोषणा गरेको थियो ।

गृह मन्त्रालयमा गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल एम सखावत हुसैनको अध्यक्षतामा भएको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी), र्याबका महानिर्देशकसहित अन्य अधिकारीहरूको सहभागिता थियो । विद्यार्थी आन्दोलनका क्रममा दर्जनौँ प्रहरी अधिकारी मारिएका थिए भने कैयौँ घाइते भएका थिए । प्रदर्शनमा उत्रिएका प्रहरी अधिकारीहरूले प्रहरी प्रतिष्ठानमा भएका आक्रमणमा संलग्नलाई कारवाही हुनुपर्ने माग गरेका थिए । साथै, आन्दोलनमा ज्यान गुमाएका प्रहरी अधिकारीका परिवारलाई एकपटक आर्थिक क्षतिपूर्ति दिनुपर्ने, प्रहरी भर्नामा पारदर्शिता हुनुपर्र्र्नेसहितका माग राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू