अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन

बिआरटीनेपाल २०८१ साउन २६ गते ६:३२ मा प्रकाशित

बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय एकता अभियानको व्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै विरोध स्वरुप काठमाडौंको माइतिघरमा प्रदर्शन भएको हो । विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बीहरु एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरुले जनाएका छन् ।

उनीहरुले हिन्दुहरुमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू