नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादी सरकार खोज्दै नहिँड्ने बताउनुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकारभन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिँड्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले अब सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित रहने उल्लेख गरे । पार्टीभित्रका असन्तुष्टिहरूलाई मिलाएर फुट र विभाजनबाट रोक्ने भन्दै प्रचण्डले पार्टी अब फुटतिर नभइ जुटतिर केन्द्रित हुने स्पष्ट पार्नुभयो । माओवादीबाट अलग भएकाहरू छिटै आफ्नो नेतृत्वमा माओवादीमा एकतावद्ध हुन लागेको जानकारी दिनुभयो ।
प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको कामका साथै अहिलेको देशको अवस्थाका बारेमा जनतालाई जानकारी दिन आफैँ मेची–काली अभियान सुरु गर्ने तयारीमा रहेको धारणा राख्नुभयो । सरकारबाट बाहिरिएसँगै कार्यकर्तालाई खोज्ने र जनतामा जाने राम्रो अवसर प्राप्त भएको उहाँको भनाई छ । प्रचण्डले आफू नेतृत्वले धेरै राम्रा काम गर्न खोजेकाले प्रतिक्रियावादीहरू डराएर सरकारबाट हटाएको टिप्पणी समेत गर्नुभयो ।